क्रान्ति के र किन ?

विश्व-ईतिहास परिवर्तनको शृङ्खलामा रुमल्लिरहँदा क्रान्ति शब्द छिनभरको जोष र आवेगमा सीमित भएको छ । क्रान्तिलाई हिंसासँग जोडेर, रगत र रातो रङ्को आलिङ्गनमा मानव-समाज छद्म-क्रान्तिकारी बन्दैछ।



"मानव-क्रान्ति कहिल्यै निस्वार्थी हुन सकेन, र जुन मानिसले सच्चा क्रान्ति गर्यो, मानिसले उसलाई बुद्ध भन्दै मूर्तिभित्र लुकाए, चे ग्वेभारा भन्दै पोस्टर, कमिजमा कहिल्यै नझर्नेगरि चिप्काईदिए... "

युद्धनै क्रान्ति र क्रान्तिनै युद्ध भन्ने मानसिकताले भूमि रगतले लट्पटिएको छ। तर बिडम्बना मानिसले त्यहि रगतको पनि बर्गीकरण गर्छ। रगत अरुको बग्दा लाशलाई महान्, शहिद, र क्रान्तिकारी भन्दै आँखामा अझबढि तेज र जोष प्रज्वलित हुन्छ; तर त्यहि संघर्षमा परिवारको कोहि रक्तियो भने क्रान्तिकारी आँखाबाट भेल बग्न थाल्दछन्। के क्रान्ति भनेको यहि हो ? यदि क्रान्ति यहि हो भने चे ग्वेभारा, वुद्ध बाहेक सम्पुर्ण मानवजातिनै क्रान्तिकारी हो, किनकी प्रत्येक मान्छे कुनै न कुनै विन्दुमा स्वा्र्थी हिँसामा संलग्न भएकै हुन्छ।

"क्रान्ति चाहियो चैं किन त ?" भन्ने प्रश्नको जवाफ नखोजी क्रान्तिमा होमिने मानिस ईतिहासको परालमा सियो जसरी बिलाउँछ। र अवोध क्रान्तिकारीको त्याग टाठाबाठाको लुटिखाने मेसो बन्छ। यही प्रवृति यो युगको बर्बादीको कारक हो। क्रान्तिकारी धेरै हुर्किए तर क्रान्तिको बोट नऊम्रिदै ओइलायो। बोली र छद्म-धर्ममा क्रान्ति धेरै फस्टायो, तर कर्ममा क्रान्ति फस्टाएन।मानव-क्रान्ति कहिल्यै निस्वार्थी हुन सकेन, र जुन मानिसले सच्चा क्रान्ति गर्यो, मानिसले उसलाई बुद्ध भन्दै मूर्तिभित्र लुकाए, चे ग्वेभारा भन्दै पोस्टर, कमिजमा कहिल्यै नझर्नेगरि चिप्काईदिए...

No comments:

Post a Comment