छुच्ची भारत ...

अस्ति साथीले देखाउँदात म पनि आकुल-व्याकुल भा'को थिएँ उसलाई भेट्न। साथीलाई नै कुरा गर्दे भनें; कुरा मिल्यो, ऊ मानी, उसको मनको करेन्टले मेरो नशामा ३० मेगावाटको पावर हान्ने झल्को पाएँ। तर मोरी बाठी चैं सार्है रैछे- तीँ तलतिरको ठूलो घरमा हुर्के-बढेकि त्यो यति छट्टू छे भन्ने कुरो मैले यतिन्जेलसम्म चाल पनि पाइनँ। मैले पठाको मुस्कानको खोलोलाई, जन्तर-मन्तर गरेर मैतिर ३० मेगावाटको भेल नै पठाई बा! म त छक्क परेँ!


"यति सम्मकि मोरीको गाउँ पुगेसि यताका मैयाहरु भैयाप्रिय, आनि लाठेहरु नाथे भएर फर्किन्छन्।
उसमाथि भाऊ खोज्छे यार- बार्गेन गरि गरि मेरै घरको गोलभेँडाको सस् बनाएर मलाई नै बेच्छे।


हुन त त्यो एकजना मात्र बाठी होइन। त्यसको वंश, छर-छिमेक, गाउँ नै छक्का-पन्जा छ। त्यसको गाउँको मुखियाले हाम्रो गाउँका गन्य-मान्य टाठाबाठालाई जिल्याको देख्दा म आफैं जिल्ल पर्छु। यता भाटा देखाउँदै हिँड्नेहरु उता पुगेसि लाटा भा'को देख्दा त कहिलेकाहिँ मज्जा पनि आउँछ। यति सम्मकि मोरीको गाउँ पुगेसि यताका मैयाहरु भैयाप्रिय, आनि लाठेहरु नाथे भएर फर्किन्छन्।

तर यति हुँदाहुँदै पनि मलाई त्यै मोरीको मात लागेको छ; माथिल्लो गाउँकि नेप्टि पनि कम खाईलाग्दि त छैन, तर पनि यसैले लठ्याकिछे मलाई। यसैबिचमा मेरो मन गुन्गुनाउँछ,

~~~
गोरी होइन, यो मोरी काली छे
सोझी होइन, सार्है नै जाली छे
ममाथि मायाजाल नै फाली छे
छुच्ची मोरी,
मलाई डुबाउन थालिछे
~~~

1 comment:

  1. रमाईलो रैछ नि साथी, पहिले किन नभनेको तिम्रो यो ब्लग पनि छ भनेर? म फुर्सदमा सबै पढेर टिप्पणी गर्दै गरौंला, अहिलेलाई बिदा।

    ReplyDelete