विश्व-ईतिहास परिवर्तनको शृङ्खलामा रुमल्लिरहँदा क्रान्ति शब्द छिनभरको जोष र आवेगमा सीमित भएको छ । क्रान्तिलाई हिंसासँग जोडेर, रगत र रातो रङ्को आलिङ्गनमा मानव-समाज छद्म-क्रान्तिकारी बन्दैछ।
"मानव-क्रान्ति कहिल्यै निस्वार्थी हुन सकेन, र जुन मानिसले सच्चा क्रान्ति गर्यो, मानिसले उसलाई बुद्ध भन्दै मूर्तिभित्र लुकाए, चे ग्वेभारा भन्दै पोस्टर, कमिजमा कहिल्यै नझर्नेगरि चिप्काईदिए... "
युद्धनै क्रान्ति र क्रान्तिनै युद्ध भन्ने मानसिकताले भूमि रगतले लट्पटिएको छ। तर बिडम्बना मानिसले त्यहि रगतको पनि बर्गीकरण गर्छ। रगत अरुको बग्दा लाशलाई महान्, शहिद, र क्रान्तिकारी भन्दै आँखामा अझबढि तेज र जोष प्रज्वलित हुन्छ; तर त्यहि संघर्षमा परिवारको कोहि रक्तियो भने क्रान्तिकारी आँखाबाट भेल बग्न थाल्दछन्। के क्रान्ति भनेको यहि हो ? यदि क्रान्ति यहि हो भने चे ग्वेभारा, वुद्ध बाहेक सम्पुर्ण मानवजातिनै क्रान्तिकारी हो, किनकी प्रत्येक मान्छे कुनै न कुनै विन्दुमा स्वा्र्थी हिँसामा संलग्न भएकै हुन्छ।
"क्रान्ति चाहियो चैं किन त ?" भन्ने प्रश्नको जवाफ नखोजी क्रान्तिमा होमिने मानिस ईतिहासको परालमा सियो जसरी बिलाउँछ। र अवोध क्रान्तिकारीको त्याग टाठाबाठाको लुटिखाने मेसो बन्छ। यही प्रवृति यो युगको बर्बादीको कारक हो। क्रान्तिकारी धेरै हुर्किए तर क्रान्तिको बोट नऊम्रिदै ओइलायो। बोली र छद्म-धर्ममा क्रान्ति धेरै फस्टायो, तर कर्ममा क्रान्ति फस्टाएन।मानव-क्रान्ति कहिल्यै निस्वार्थी हुन सकेन, र जुन मानिसले सच्चा क्रान्ति गर्यो, मानिसले उसलाई बुद्ध भन्दै मूर्तिभित्र लुकाए, चे ग्वेभारा भन्दै पोस्टर, कमिजमा कहिल्यै नझर्नेगरि चिप्काईदिए...
Showing posts with label Politics. Show all posts
Showing posts with label Politics. Show all posts
छुच्ची भारत ...
अस्ति साथीले देखाउँदात म पनि आकुल-व्याकुल भा'को थिएँ उसलाई भेट्न। साथीलाई नै कुरा गर्दे भनें; कुरा मिल्यो, ऊ मानी, उसको मनको करेन्टले मेरो नशामा ३० मेगावाटको पावर हान्ने झल्को पाएँ। तर मोरी बाठी चैं सार्है रैछे- तीँ तलतिरको ठूलो घरमा हुर्के-बढेकि त्यो यति छट्टू छे भन्ने कुरो मैले यतिन्जेलसम्म चाल पनि पाइनँ। मैले पठाको मुस्कानको खोलोलाई, जन्तर-मन्तर गरेर मैतिर ३० मेगावाटको भेल नै पठाई बा! म त छक्क परेँ!
"यति सम्मकि मोरीको गाउँ पुगेसि यताका मैयाहरु भैयाप्रिय, आनि लाठेहरु नाथे भएर फर्किन्छन्।
उसमाथि भाऊ खोज्छे यार- बार्गेन गरि गरि मेरै घरको गोलभेँडाको सस् बनाएर मलाई नै बेच्छे।
हुन त त्यो एकजना मात्र बाठी होइन। त्यसको वंश, छर-छिमेक, गाउँ नै छक्का-पन्जा छ। त्यसको गाउँको मुखियाले हाम्रो गाउँका गन्य-मान्य टाठाबाठालाई जिल्याको देख्दा म आफैं जिल्ल पर्छु। यता भाटा देखाउँदै हिँड्नेहरु उता पुगेसि लाटा भा'को देख्दा त कहिलेकाहिँ मज्जा पनि आउँछ। यति सम्मकि मोरीको गाउँ पुगेसि यताका मैयाहरु भैयाप्रिय, आनि लाठेहरु नाथे भएर फर्किन्छन्।
तर यति हुँदाहुँदै पनि मलाई त्यै मोरीको मात लागेको छ; माथिल्लो गाउँकि नेप्टि पनि कम खाईलाग्दि त छैन, तर पनि यसैले लठ्याकिछे मलाई। यसैबिचमा मेरो मन गुन्गुनाउँछ,
~~~
गोरी होइन, यो मोरी काली छे
सोझी होइन, सार्है नै जाली छे
ममाथि मायाजाल नै फाली छे
छुच्ची मोरी,
मलाई डुबाउन थालिछे

१२ नबज्ने घडि...
टेबुलमा कम्प्युटर आरामले बसेको छ ।
र
त्यसको बायाँपट्टी
टक्-टक् आवाज निकाल्दै
रातलाई चुनौती दिँदैछ मेरो घडी ।
मैले त्यसलाई घुरेको आधाघण्टा भयो
उपलब्धि, केबल समयनाश ।
आज म त्यो घडिमा मेरो देश देख्दैछु,
अनि त्यसका सुइहरुमा राजनिति
जसलाई चलाईराखेका छन् ब्याट्रीले ।
ती ब्याट्रीमा म नेतालाई देख्छु ।
बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ,
फेर्नेमान्छे अर्थात स्वयम मलाई
म जनता देख्छु ।
घडिमा तिथी पनि छ,
घडिमा १,२,….१२ अंक पनि छन्,
हरेक अंकमा म देशमा घट्ने घटना देख्छु ।
र
मैले त्यस घडिमा एकनासले
निकम्मा भएर हेरेको देख्दा,
ती नेताले,
म जनतालाई राजनितिको सुई घुमाउँदै
विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ
संविधानसभा आउँछ-आउँछ भनेर
१२ बजे पुग्दा नपुग्दै आफ्नो रुप
फेरेर फेरी तिनै घटना
दोहोय्राउँदै छन् ॥
एक समय
आउला
जब ती राजनितिक सुई
१२ अंकमा टक्क रोकिएला
जुनबेला
ब्याट्री फेल हुनेछन्,
र
नयाँ ब्याट्री फेर्नुपर्नेछ
मैले ॥
र
त्यसको बायाँपट्टी
टक्-टक् आवाज निकाल्दै
रातलाई चुनौती दिँदैछ मेरो घडी ।
मैले त्यसलाई घुरेको आधाघण्टा भयो
उपलब्धि, केबल समयनाश ।
आज म त्यो घडिमा मेरो देश देख्दैछु,
अनि त्यसका सुइहरुमा राजनिति
जसलाई चलाईराखेका छन् ब्याट्रीले ।
ती ब्याट्रीमा म नेतालाई देख्छु ।
बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ,
फेर्नेमान्छे अर्थात स्वयम मलाई
म जनता देख्छु ।
घडिमा तिथी पनि छ,
घडिमा १,२,….१२ अंक पनि छन्,
हरेक अंकमा म देशमा घट्ने घटना देख्छु ।
र
मैले त्यस घडिमा एकनासले
निकम्मा भएर हेरेको देख्दा,
ती नेताले,
म जनतालाई राजनितिको सुई घुमाउँदै
विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ
संविधानसभा आउँछ-आउँछ भनेर
१२ बजे पुग्दा नपुग्दै आफ्नो रुप
फेरेर फेरी तिनै घटना
दोहोय्राउँदै छन् ॥
एक समय
आउला
जब ती राजनितिक सुई
१२ अंकमा टक्क रोकिएला
जुनबेला
ब्याट्री फेल हुनेछन्,
र
नयाँ ब्याट्री फेर्नुपर्नेछ
मैले ॥
बाल-सलाम
ती बुर्जुवा विस्तारवादी भारतीय दलालहरूलाई जब सम्म हाम्रा नेताहरुले हाम्रो भावना नबुझी,जनताको चहाना नबुझी, भित्र-भित्रै आफ्ना नाता-गोता का मान्छे को सुख सुबिधा कै लागि, बाहिर देखावटि रुपमा राष्ट्रिय – अन्तराष्ट्रिय परिवेश बुझेर चल्नु पर्छ भनेर खोक्रो र तुच्छ कुटनितिक भाषा र व्यवहार देखाउँछन् । त्यस्ता को अन्त्य निश्चित छ ।
जनताले चाहेको ठूलो दाइ हैन,असल छिमेकी राष्ट्र हो, यदी भारतीय शासक मा त्यस्तो चरित्र छैन भने नेपाली नेताले भारत बाहेक पनि संसारमा धेरै देश छन्, थुप्रै हितैषी देश छन् भन्ने बुझी ती देशहरुसँग व्यापारीक सम्बन्ध बढाउनुपर्छ । उदाहरणको लागि, नेपाल ले वार्षिक १० प्रतिशत ले आर्थिक बृध्दि गरिरहेको चिनसँग घनिष्ठ व्यापारिक सम्बन्ध गाँस्नुपर्छ । त्यतीखेर भारतले नेपाली आफूमा निर्भर नभएपछि, नेपालीलाई अघोषित आर्थिक नाकावन्दि गर्ने आँट गर्ने छैन ।
यो नै जनताको नेपाल कम्युनिष्ट पार्टि माओवादीलाई म्यान्डेट हो । जनताको म्यान्डेट अनुसार नचलेरै बुर्जुवा कांग्रेस र एमालेहरु चुनाव मा हारे ! त्यसैले पनि अब बन्ने सरकारले नेपाली जनताको चाहनालाई व्यबहारमा लागु गर्नु पर्छ । त्यसमै नयाँ नेपाल बन्ने सम्भावना लुकेको छ, अन्यथा “लाल-सलाम” भनेर हिजो का दिनहरुमा जसरी कामरेड नेताहरुलाई सम्बोधन गरिन्थ्यो, तीनैलाई “बाल-सलाम” भन्नुपर्ने दिन आउँनेछ !

Subscribe to:
Posts (Atom)
Facebook Badge
TAG Cloud
days to memorise
(1)
education
(1)
global
(1)
love
(1)
mobile
(1)
movies
(1)
nepal
(3)
news-review
(1)
photo gallery
(1)
poem
(1)
Politics
(4)
Society
(5)
story
(1)
Technology
(1)