१२ नबज्ने घडि...

टेबुलमा कम्प्युटर आरामले बसेको छ ।

त्यसको बायाँपट्टी
टक्-टक् आवाज निकाल्दै
रातलाई चुनौती दिँदैछ मेरो घडी ।
मैले त्यसलाई घुरेको आधाघण्टा भयो
उपलब्धि, केबल समयनाश ।

आज म त्यो घडिमा मेरो देश देख्दैछु,
अनि त्यसका सुइहरुमा राजनिति
जसलाई चलाईराखेका छन् ब्याट्रीले ।
ती ब्याट्रीमा म नेतालाई देख्छु ।
बेला-बेलामा ती ब्याट्रीलाई फेर्नुपर्छ,
फेर्नेमान्छे अर्थात स्वयम मलाई
म जनता देख्छु ।
घडिमा तिथी पनि छ,
घडिमा १,२,….१२ अंक पनि छन्,
हरेक अंकमा म देशमा घट्ने घटना देख्छु ।

मैले त्यस घडिमा एकनासले
निकम्मा भएर हेरेको देख्दा,
ती नेताले,
म जनतालाई राजनितिको सुई घुमाउँदै
विभिन्न घटना घटाउँदै १२ बज्छ,बज्छ
संविधानसभा आउँछ-आउँछ भनेर
१२ बजे पुग्दा नपुग्दै आफ्नो रुप
फेरेर फेरी तिनै घटना
दोहोय्राउँदै छन् ॥

एक समय
आउला
जब ती राजनितिक सुई
१२ अंकमा टक्क रोकिएला
जुनबेला
ब्याट्री फेल हुनेछन्,

नयाँ ब्याट्री फेर्नुपर्नेछ
मैले ॥

1 comment: