बाल-सलाम

ती बुर्जुवा विस्तारवादी भारतीय दलालहरूलाई जब सम्म हाम्रा नेताहरुले हाम्रो भावना नबुझी,जनताको चहाना नबुझी, भित्र-भित्रै आफ्ना नाता-गोता का मान्छे को सुख सुबिधा कै लागि, बाहिर देखावटि रुपमा राष्ट्रिय – अन्तराष्ट्रिय परिवेश बुझेर चल्नु पर्छ भनेर खोक्रो र तुच्छ कुटनितिक भाषा र व्यवहार देखाउँछन् । त्यस्ता को अन्त्य निश्चित छ ।

जनताले चाहेको ठूलो दाइ हैन,असल छिमेकी राष्ट्र हो, यदी भारतीय शासक मा त्यस्तो चरित्र छैन भने नेपाली नेताले भारत बाहेक पनि संसारमा धेरै देश छन्, थुप्रै हितैषी देश छन् भन्ने बुझी ती देशहरुसँग व्यापारीक सम्बन्ध बढाउनुपर्छ । उदाहरणको लागि, नेपाल ले वार्षिक १० प्रतिशत ले आर्थिक बृध्दि गरिरहेको चिनसँग घनिष्ठ व्यापारिक सम्बन्ध गाँस्नुपर्छ । त्यतीखेर भारतले नेपाली आफूमा निर्भर नभएपछि, नेपालीलाई अघोषित आर्थिक नाकावन्दि गर्ने आँट गर्ने छैन ।

यो नै जनताको नेपाल कम्युनिष्ट पार्टि माओवादीलाई म्यान्डेट हो । जनताको म्यान्डेट अनुसार नचलेरै बुर्जुवा कांग्रेस र एमालेहरु चुनाव मा हारे ! त्यसैले पनि अब बन्ने सरकारले नेपाली जनताको चाहनालाई व्यबहारमा लागु गर्नु पर्छ । त्यसमै नयाँ नेपाल बन्ने सम्भावना लुकेको छ, अन्यथा “लाल-सलाम” भनेर हिजो का दिनहरुमा जसरी कामरेड नेताहरुलाई सम्बोधन गरिन्थ्यो, तीनैलाई “बाल-सलाम” भन्नुपर्ने दिन आउँनेछ !

2 comments:

  1. Jun sukai sarkar aaye pani nepal ma santi aaune dekhidaina. bharat le nepalma asanti phailana dherai kam gareko chha. yedi nepal ma santi surakshya lyaunu chha bhane sabai bhanda panile ti sabai budha ra purana neta harulai euta khaldo ma halera naya yuba neta harulai chance dinu parchha.ani matra nepal ma sukha santi ra bikas ka bata khulan sakchhan.

    ReplyDelete